साँकेतिक तस्बिर
गाेरखा । पालुङटारकाे कटहरेमा १ जना पुरुष मृत फेला परेकाे छ । जिल्ला प्रहरी कार्यालय गाेरखाका अनुसार मृत पुरुष गोरखा जिल्ला सिरानचोक गाउँपालिका-४ छोप्राकका राम प्रसाद पोख्रेल भएकाे पुष्टी भएकाे छ ।
गाेरखा प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एपी) भरतबहादुर बिकका अनुसार पाेख्रेलकाे मृत शरिर हिजाे फेला परेकाे हाे । अन्दाजी ९:५५ बजे पालुङटार नगरपालिका-२ काे कटहरे स्थित सडकको पक्की नालीमा पोख्रेल मृत अबस्थामा देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाबाट विक सहितको टोली घटना स्थल पुगेर अनुसन्धान सुरु गरेका थिए । घटना लगत्तै गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराकाे केनाईन उप-शाखाबाट तालिम प्राप्त कुकुर झिकाएर घटनास्थलकाे मुचुल्का तयार परेकाे पनि प्रमुख बिकले जानकारी दिए ।
पाेख्रेलकाे शव पाेष्ट मार्टमका लागी भरतपुरकाे सरकारी अस्पताल पठाएको थियाे । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।



