×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु

  •  गोरखा समाचार
  • मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2026/01/Khichadi_Yatra_NEWS.wav

     

    गोरखा । गोरखाको प्रसिद्ध तथा ऐतिहासिक स्थल गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्म ‘खिचडी यात्रा’ सुरु भएको छ ।

    गोरखनाथ तथा कालिका मन्दिरको प्रचार–प्रसार गर्दै जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित आज बिहान बाजागाजासहित गोरखपुरका लागि ‘खिचडी यात्रा’ सुरु गरेको गौमाता सेवा महासंघ गोरखाका अध्यक्ष होमसिंह बस्यान्तले बताए ।

    उनका अनुसार गोरखा जिल्लामा धार्मिक तथा आन्तरिक पर्यटक वृद्धि गर्ने उद्देस्यले गएको ३ बर्षदेखि गोरखाबाट गोरखपुरसम्म ‘खिचडी यात्रा’ गरिदैँ आएको छ । गोरखाबाट निस्किएको खिचडी यात्रा आज भैरहवा पुग्ने र यहीँ माघ १ गते गोरखपुर पुग्ने कार्यक्रम रहेको अध्यक्ष बस्न्यातले बताए ।

    ‘‘माघी पर्वको अवसरमा प्राचीनकालदेखि नै गोरखाको गोरखनाथ मन्दिरबाट गोरखपुरस्थित गोरखनाथ मन्दिरमा खिचडी पठाउने चलन रहेको थियो, उनले भने, ‘‘तर २० वर्षभन्दा बढी समयदेखि रोकिएको उक्त परम्परालाई पुनः निरन्तरता दिन थालिएको हो ।’’

    पुनः सुरु गरिएको खिचडी यात्राले हराउँदै गएको परम्परालाई जर्गेना गर्न मद्दत पुगेको अध्यक्ष बस्न्यातको भनाई छ । परम्पराअनुसार गोरखाबाट लगिएको खिचडी गोरखपुरस्थित उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा लगेर चढाइने गरिन्छ । खिचडी चामल, मासको दाल, घ्यू, नुन, बेसारलगायतका खाद्यवस्तु मिसाएर बनाइन्छ ।

    गोरखनाथ मन्दिरबाट प्रसादको रुपमा लिएर गएको खिचडी उत्तर प्रदेशको गोरखनाथ मन्दिरमा माघी पर्वका दिन ब्रम्ह्मूहुर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग गर्ने परम्परा रहेको छ ।

    ‘खिचडी यात्रा’मा करिब ५० जनाको टोली गोरखपुरतर्फ प्रस्थान गरेको छ । यात्राले २ देशबीचको परम्परागत धार्मिक तथा सांस्कृतिक सम्बन्ध जोगाउन थप सहयोग पुग्ने गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले बताए ।

    खिचडी पुर्याउने परम्पराको पुनः थालनीसँगै उत्तर प्रदेश र गोरखाबीचको धार्मिक सम्बन्ध थप बलियो हुँदै जाने र यसले गोरखा जिल्लामा लाखौं धार्मिक पर्यटकसमेत भित्र्याउन सकिने उनले विश्वास व्यक्त गरे ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, पुष २९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.