गाेरखा । सांगीतिक समूह ‘नेपथ्य’ ले आगामी फेब्रुअरी महिनाको लागि ‘नेपथ्य नेपाल टूर २०२६’ को घोषणा गरेको छ ।
टूर तालिकाअनुसार नेपालकाे ४ सहरमा ब्याण्ड गुञ्जिनेछ ।
४ फेब्रुअरीमा हेटौंडा, ७ मा बुटवल, १० मा चितवन र १४ फेब्रुअरीमा तनहुँको बन्दीपुरमा ब्यान्ड गुञ्जिन लागेको जनाइएको छ ।
ब्यान्ड पछिल्लोपटक अमेरिका, अस्ट्रेलिया, युरोप, बेलायत र जापानमा गुञ्जिएको थियो ।
ब्यान्डको वर्तमान लाइनअपमा प्रमुख गायक अमृत गुरुङ, ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मी छन् ।




















