गाेरखा । बारपाक सुलिकोट गाउँपालिकास्थित जनप्रेमी युवा क्लब, जराङको आयोजनामा ‘१७ औँ जराङ कप ‘२०८२’ काे आयाेजना गरिएकाे छ । खेल आउदाे माघ १ गतेदेखि सञ्चालनमा आउने अआयाेजकले जनाएकाे हाे ।
“विकास, अनुशासन र गतिशीलता” भन्ने मूल नाराका क्लबको आयोजनामा खुल्ला ७–ए–साइड फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको क्लबका अध्यक्ष प्रज्वल देवकोटाले बताए ।
प्रतियोगिता जराड़स्थित जनप्रेमी खेल मैदानमा सञ्चालन हुनेछ । प्रतियोगिता आउँदो माघ १ गतेदेखि माघ ५ गतेसम्म सञ्चालन हुने उनले बताए । प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका विभिन्न क्लब तथा टिमहरुको सहभागिता रहने छ ।
प्रतियोगिताको विजेता टिमलाई १ लाख १२ हजार २२२ नगद सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई टिमलाई ५७ हजार ७७७ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजक संस्थाले जनाएकाे छ ।
साथै, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि विशेष पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर तथा सर्वाधिक गोलकर्तालाई जनही २ हजार नगद पुरस्कारसहित कप प्रदान गरिने छ ।
खेलकुद विकासमा योगदान पुर्याउने उद्देश्य सहित प्रतियाेगिताकाे आयाेजना गरिएकाे आयाेजक संस्थाले जानकारी दिएकाे छ । क्लबले बिगत १७ बर्षदेखि फुटवल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
जनप्रेमी युवा क्लबले यस किसिमका प्रतियोगिताले स्थानीय युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै अनुशासन, सहकार्य र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास लिएको छ ।




















