गाेरखा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा हिजाे साँझ भएकाे खेलमा लुम्बिनी लायन्सले विराटनगर किङ्ग्सलाई ५ विकेटले हराएकाे छ । विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाएकाे थियो ।
लुम्बिनीका डी आर्सी सर्टले ५७ र निरोशन डिकवेलाले २९ रन बनाए । विराटनगरका सन्दीप लामिछाने र सुबाश भण्डारीले समान २-२ तथा जर्ज मुन्सेले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १४४ रन बनाएकाे थियो ।
विराटनगरका लोकेश बमले ३५, बसिर अहमदले २८, साम हिजलेटले २७, फाफ डु प्लेसिसले १२ रन बनाए । लुम्बिनीका शेर मल्लले ३ विकेट लिए ।
यो जीतसँगै लुम्बिनी ६ खेलमा ३ खेल जित्दै ६ अङ्कसहित तालिकामा चौथो स्थानमा उक्लिएको छ । विराटनगर ६ खेलमा ४ खेल जित्दै ८ अङ्कसहित तेश्रो स्थानमा छ ।
यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ । प्रतियोगितामा ८ वटा टोली सहभागी छन् ।




















