गाेरखा । नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै छन् । विराटनगर र लुम्बिनीबीचको खेल त्रिवि त्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । दुवै टोलीले आज आफ्नो छैटौं खेल खेल्दैछन् ।
विराटनगरले यसअघिका ५ खेलमध्ये ४ खेल जितेको छ भने १ खेल हारेको छ । विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ ।
एनपीएल क्रिकेटमा लुम्बिनी लायन्सले भने यसअघिका ५ मध्ये २ खेल मात्रै जितेको छ । ४ अंकका साथ लुम्बिनी अंक तालिकाको छैटौं स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना कायमै राख्न लुम्बिनीले आज जितकाे खेल खेल्नु पर्ने छ ।
८ टोली सहभागी दोस्रो संस्करणको एनपीएल क्रिकेटमा हिजाे साँझ पछी कर्णाली एभेन्जर्स प्लेअफ समीकरणबाट बाहिरिएको छ ।




















