साँकेतिक तस्बिर
गोरखा । पालुङटार नगरपालिका नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ काे तयारीम जुटेकाे छ । प्रतियाेगिता यहीँ मंसिर ४ गतेदेखि ७ गतेसम्म पालुङटार नगरपालिका-४ स्थित खेल मैदानमा हुने नगरप्रमुख विवस चिन्तनले बताए ।
नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा हुने प्रतियोगितामा माध्यमिक विद्यालयस्तरका विद्यार्थीहरूबीच हुने नगरपालिकाले जनाएको छ ।
प्रतियोगितामा नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयकाे सहभागिता हुने छ । प्रतियोगितामा सहभागी हुन चाहाने विद्यालयहरूले खेलाडीसँग सम्बन्धित फाराम भरेर मंसिर ३ गतेसम्ममा नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउनुपर्नेछ पालिकाले जनाएकाे छ ।
प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक सशक्तिकरण, अनुशासन, समूह भावना र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विद्यालय स्तरमै खेल भावना र नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिको शाखाले जनाएकाे छ ।
यस वर्षको नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड पप्रतियोगितामा एथलेटिक्स र भलिबल खेलहरु समावेश गरिनेछन् । एथलेटिक्स अन्तर्गत रनिङ (दौड प्रतियोगिता) र फिल्ड इभेन्ट (हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, ज्याभलिन थ्रो आदि) हुने छन् ।
दौडतर्फ विद्यार्थीहरूले १००, २००, ४०० , ८००, १ हजार ५०० मिटर र २ हजार मिटर तथा रिले तर्फ ४x१०० सय र ४x४०० मिटर दौड प्रतियोगितामा खेडालीहरुले प्रतिस्पर्धाको अवसर पाउनेछन् । नगरपालिका स्तरीय प्रतियोगितामा उत्कृष्ठ खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सहभागितामा प्रतिस्पर्धा गर्न पाउने छन् ।



