गाेरखा । आज हुने फाइनल एभरेस्ट महिला भलिबलको लागि कर्णाली यशविस र ललितपुर क्वीन्स भिड्दै छन् । खेल राजधानीकाे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि शुरु हुनेछ । समूहको शीर्ष २ स्थानमा रहँदै यी २ टोलीले फाइनल खेल्न लागेकाे हाे ।
हिजो भएको लिग चरणको अन्तिम खेलमा कर्णालीले ललितपुरलाई ३–१ को सेटमा हराएको थियो । त्यस्तै हिजै भएको अर्को खेलमा काठमाडाैं स्पाइकर्सले लुम्बिनी लाभाजलाई हराउँदै तेस्रो बनेको छ । काठमाडाैंले लुम्बिनीलाई ३–२ को सेटमा हराएको हो ।
गएको भदौ २० गतेदेखि पोखरामा शुरू भएको प्रतियोगिता लगत्तै २३ र २४ गतेको जेनजी आन्दोलनका कारण रोकिएको थियो । गएको बुधवारदेखि प्रतियोगिता फेरि शुरू भएको हो । प्रतियोगितामा ६ वटा टोली सहभागी थिए ।



