गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका-८ का भलिवल खेलाडीहरुले खेलमार्फत जितेको नगद पुरस्कार गम्भीर दुघर्टनामा परेर स्पाइनल इन्जुरी भएका युवकलाई सहयोग गरेको छ ।
खेलाडाीले गण्डकी युवा क्लब बोर्लाङ र चण्डेश्वरी युवा क्लब अश्राङद्वारा आयोजित २ छुट्टाछुट्टै भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गरेर पाएकाे १० हजार रुपैयाँ स्पाइनल इन्जुरीका बिरामी विकास श्रेष्ठलाई प्रदान गरिएको हाे ।
स्थानीय विपिन श्रेष्ठले दिएकाे जानकारी अनुसार खेलकुद क्षेत्रको सामाजिक उत्तरदायित्व र मानवीय सहानुभूतिको स्वरुप खेलाडीहरुले आफुले पुरस्कार जितेको नगद रकम गम्भीर घाइते व्यक्तिलाई आर्थिक सहयोग गरिएको छ ।
खेलकुदले केवल शारीरिक क्षमता र प्रतिस्पर्धा मात्र होइन, आपसी सहकार्य र सामाजिक उत्तरदायित्वको भावना पनि जगाउँछ भन्ने चरिचार्थ भएकाे छ ।




















