×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

विश्व पर्यटन दिवस : गाेरखाकाे मनास्लु पदमार्गमा पर्यटकलाई सम्मान गरियाे

  •  गोरखा समाचार
  • आइतबार, असोज १२, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । विश्व पर्यटन दिवसको अवसरमा नेपालकै प्रसिद्ध पदमार्गको रुपमा रहेको मनास्लु संरक्षण क्षेत्र घुम्न आएका स्वदेशी तथा विदेशी पर्यटकलाई आज विशेष सम्मान गरिएको छ ।

    दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरि मनास्लु पदमार्गमा घुम्न आएका पर्यटकलाई खादा र माला लगाएर स्वागत तथा सम्मान गरिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाका संरक्षण अधिकृत एवं सूचना अधिकारी भूवनराज ओझाले जानकारी दिए ।

    उनका अनुसार मनास्लु पदमार्गका २ मुख्य पर्यटक चेकपोष्ट प्रवेशद्वार जगत र बाहिरिने सामागाउँमा स्थानीय समुदायको सहभागितामा सम्मान कार्यक्रम गरिएको हो । सो अवसरमा १२५ जना विदेशी पर्यटक र ६८ जना स्वदेशी पर्यटक एवं पथप्रर्दशकलाई सम्मान गरिएको संरक्षण अधिकृत ओझाले बताए ।

    “स्थानीयबासी, होटल व्यवसायी र आमा समूहको सहभागितामा पर्यटकलाई सम्मान गर्दा पर्यटकहरु निकै खुशी देखिए, उनले भने, ‘‘अघिल्ला बर्षमा पर्यटक चोकपोष्ट बन्द हुँदा फिलिममा कार्यक्रम गर्ने गरिएको भएपनि चेकपोष्ट पुनः सञ्चालनमा आएपछि यसबर्ष दुवै चेकपोष्टमा पर्यटन दिवसको अवसरमा कार्यक्रम गरिएको हो ।”

    सामागाउँमा आयोजित सम्मान कार्यक्रममा इजरायल, बेलायत, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, जर्मनी, अमेरिका र पोल्याण्डलगायतका देशका पर्यटकको सहभागिता रहेको थियो ।

    ‘‘सामागाउँमा ४३ जना विदेशी पर्यटक तथा २६ जना नेपाली पर्यटकलाई सम्मान गरिएको छ भने जगतमा ८२ जना विदेशी पर्यटक र ४२ जना स्वदेशी पर्यटकलाई सम्मान गरिएको छ,’’ उनले भने ।

    खादा र माला लगाएर पर्यटकलाई स्वागत गर्दा विदेशी पर्यटकहरुले नेपाली परम्परालाई नजिकबाट बुझ्ने मौका पाएको उनको भनाई छ । मनास्लु पदमार्ग नेपालकै उत्कृष्ट पर्यटकीय पदमार्ग मार्ग मध्येको एक हो । यहाँ पछिल्ला बर्षहरुमा मनास्लु घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या दिनानु दिन बढ्दै गएको छ ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, असोज १२, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.