राजु लामा/दोहा । कतारको राजधानी दोहामा महिलाहरुकोलागि ‘रमाईलो जित’ कार्यक्रमको आयोजना गरिएको छ ।
हिन्दु नेपाली महिलाहरुको महान पर्व हरितालिका जितको अवसरमा नेपाली महिला समाज, कतारले ‘रमाईलो जित’को कार्यक्रम आयोजना गरेको हो ।
समाजले यही भाद्र ६ गते अर्थात २२ अगष्टको दिनमा टयुनिसियन स्कुल, अल लक्तामा कार्यकममा आयोजना गरेको हो ।
कार्यक्रममा नेपालबाट चर्चित कलाकार टीका पुनः र रेजिना परियारको सहभागीता रहने पनि समाजले जानकारी दिएको छ ।
पुनः र परियारको साथमा यहाँ रहेका स्थानिय कलाकारहरुको पनि प्रस्तुती राखिएको छ । बिहान ११ः४५ बजे हुने उक्त कार्यक्रममा नेपाली महिलाहरुलाई सहभागिता जनाइदिन समाजले आग्रह समेत गरेको छ ।




















