गोरखाको नारेश्वरमा रहेको विन्ध्यबासिनी मन्दिर…गोरखा नगरपालिका–३ को नारेश्वर, रातमाटेमा रहेको ऐतिहासिक बिन्ध्यबासिनी मन्दिर ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको विन्ध्यबासिनी मन्दिरमा श्रावण पूर्णिमाका दिनमा ठुलो मेला लाग्ने गर्दछ । खडेरी परेको बेलामा यस मन्दिरमा पूजा गरियो भने पानी पर्छ भन्ने किंबदन्ती रही आएको छ ।
विन्ध्यबासिनी माइलाई साक्षात् शक्तिशाली देवीको रुपमा लिइन्छ । कुनै अशुभ वा अनिष्ट हुने सङ्केत भएमा विन्ध्यबासिनी माईको मूर्तिमा पसिना आउने जनविश्वास समेत रही आएको छ ।
यो मन्दिर शक्ति पिठहरुमध्येको एक मन्दिर हो । गोरखा सदरमुकामको माँझकोटमा रहेको गोरखाकाली र बिन्ध्यबासिनीको दिदी बहिनीको सम्वन्ध रहेको कथन सुन्न पाईन्छ ।
यो मन्दिरमा पुगेर कुनै पनि मन्त्रको साधना गर्दा मन्त्रसिद्वी प्राप्त हुने जनविश्वास रही आउको छ ।
तस्बिर :कैलासबावु श्रेष्ठ/गोरखा





















