बाराही मन्दिर…गोरखा नगरपालिका–८ को बराहमा रहेको बाराही मन्दिर । २१ पीठमध्ये १ पीठ मानिने यस मन्दिरमा नवरात्रकामा २ दिन अर्थात महाअष्टमी र महानवमीको दिनमा गोरखा दरबारबाट पूजा पठाउने चलन रही आएको छ ।
वडादशैंमा गोरखा दरबारबाट बोको उपलब्ध गराई बाराही मन्दिरमा बलि चढाउने प्रचलन समेत रही आएको छ ।
यस मन्दिरमा माघे संक्रान्तिका दिनमा गोरखाका नेवार समुदायले रातभरी मन्दिरमा बत्ती बाल्ने गर्दछन् । स्थानिय नेवार समुदायको विवाह पश्चात् सिंन्दुर हाल्न समेत यही मन्दिरमा दुलाह दुलही लैजाने र बोका बली दिने चलन जिबितै छ ।
त्यसबाहेक पनि गाईजात्राका दिनमा बिहान बजार क्षेत्रबाट निकालिएको गाईले यस मन्दिरमा पूजाआजा गरेर मात्र अन्य स्थानको परिक्रमा गर्ने प्रचलन अझै रही आएको छ ।
तस्बिर : कैलासबावु श्रेष्ठ/गोरखा




















