×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग निर्माण सम्पन्न

  •  गोरखा समाचार
  • शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । उत्तरी गोरखाको मनास्लु पदमार्गमा जाने पर्यटहरुले प्रयोग गर्ने छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग निर्माण सम्पन्न भएको छ ।

    मनास्लु संरक्षण क्षेत्र आयोजनाको आर्थिक सहयोगमा छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग हालै निर्माण सम्पन्न भएको आयोजना प्रमुख सन्तोष शेरचनले बताए ।

    ‘आन्तरिक तथा बाह्य पर्यटकले मनास्लु पदमार्गमा जादा प्रयोग गर्ने छेकम्पार–चौरिखर्क–चुम उपत्यका पदमार्ग केही असजिलो थियो’ उनले भने ‘हाम्रो आयोजनाको आर्थिक सहयोगमा उक्त पदमार्ग मर्मत गरेर हालै सम्पन्न भएको हो ।’

    पदमार्ग बने संगै पर्यटकलाई यात्रामा सहजता हुने पनि उनले बताए । उक्त मार्ग छेकम्पारको संरक्षण क्षेत्र ब्यवस्थापन समितिको नेतृत्वमा स्थानियस्तरमाबाट काम सम्पन्न भएको हो ।

    पदमार्ग निर्माण सम्पन्न भए लगत्तै पदमार्गको सुधार हुनुका साथै पर्यटकहरुको यात्रा थप सुरक्षित र हसज हुने विश्वास आफुले लिएको आयोजना प्रमुख शेरचनले बताए ।

    ४ स्थानमा गरिएको निर्माण गरिएको पदमार्गमा आयोजनाले २३ लाख ८३ हजार १०० रुपैयाँ खर्चिएको छ ।

    जस अन्तर्गत चुम्लिङबाट छेकम्पार जादा बिच बाटोमा पर्ने चौरिखर्क पदमार्ग झारहरु भिरमा हिडेर ढुङ्गा खसाल्दा पदयात्रीलाई लाग्ने र घाईते हुने गरेका थिए । उक्त मार्गमा फलामका पोलहरु राखेर २१० मिटर लामो ग्याबिन जाली हालिएको आयोजनाले जनाएको छ । उक्त कार्यका लागि ६ लाख ९० हजार खर्च गरेको आयोजनाले अबदेखी भने ढुङ्गा खस्दापनि जालीले रोक्ने र पर्यटकले सुरक्षित यात्रा गर्न सक्ने भएको छ ।

    सोही मार्ग अन्तरर्गतको चुम्लिङ्गको पदयात्रा मार्ग गत बर्ष आएको बाढीले भत्काएको र सोको मर्मत कार्य सम्पन्न भएको छ । जहाँ ९८ मिटर लामो बाटो बनाएको छ । जमिनको भू–क्षय रोक्ने गरी भिरबाटै ढुङ्गालेर बाटो सम्म ल्याएकोले अब बाटोलाई क्षती नपुग्ने आयोजनाले जनाएको छ । उक्त कार्यकालागि आयोजनाले ४ लाख ८७ हजार खर्च गरेको छ ।

    मनास्लु पदमार्गको नुब्री भ्याली तर्फ जाने बिहीबाट गपसम्म पुग्ने पदमार्ग समेत मर्मत गरिएको आयोजनाले जानकारी दिएको छ । जहाँ १३० मिटरको ढुङ्गाको सिडी बनाएको छ भने बाटोको छेउमा यात्रालाई सहज हुने गरी फलामे पोल राखेर जाली हालिएको आयोजना प्रमुख शेरचनले जानकारी दिए । उनका अनुसार सो कार्यकालागि ४ लाख ९८ हजार खर्च भएको छ ।

    चुमनुब्री गाउँ पालिकाको साझेदारीमा नाक्चेतदेखी फिलिम जाने झोलुङ्गे पुलसम्म मेसिनरी सिडी बाटो बनाएको छ । ११० मिटर उक्त बाटोको छेवैमा समेत फलामे पोल हालेर जाली हालिएको उनले बताए । सिडी र पोल राखेर जाली हाल्दा ७ लाख ८ हजार १०० रुपैयाँ खर्च भएको प्रमुख शेरचलने बताए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शुक्रबार, साउन ०९, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.