गोरखा । गोरखा सेवा समाज युएईले अलपत्र परेकी गोरखाकी १ जना महिलाको उद्वार गरेर नेपाल पठाएको छ ।
रोजगारीको लागी युएई पुगेकी गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी एलिना सुनारको उद्वार गरी नेपाल पठाएको गोरखा सेवा समाज युएईले जनाएको छ ।
रोजगारीका क्रममा ८०० दिराम मासिक तलब पाएकी सुनारले पैसा बचत हुन नसकेको भन्दै बिचौलीको कुरामा परी कम्पनी परिवर्तन गर्दा ओभर स्टे हुन पुगेकी सुनारको उद्वार गरी नेपाल पठाए हो ।
ओभर स्टे हुने बित्तिकै लुकीछिपी बस्दै आएकी सुनारको बारेमा नेपाल पत्रकार महासंघ युएई शाखाका सदस्य रामप्रसाद ढुंगेलले गोरखा सेवा समाज युएईमा निवेदन दिए लगत्तै समाजले उद्वार गरेको थियो ।
समाजले ओभर स्टे बापतको युएई सरकारलाई ७०० दिराम रकम तिरीदिएको छ । त्यसका साथै उनलाई नेपाल पठाउन एनआरएनए–एनसिसी–युएईका महासचिव भुवन कुमार वाग्लेले हवाई टिकट दिएको पनि समाजले जनाएको छ ।
सुनारलाई युएईको अवुधावीमा रहेको टुरिष्ट क्लब एरियाबाट उद्वार गरी नेपाल फर्काएको गोरखा सेवा समाज युएईले जानकारी दिएको छ ।
उनलाई नेपाल फर्कन समाजका अध्यक्ष साजन श्रेष्ठले समेत केही आर्थिक सहयोग उपलब्ध गराएको थियो ।




