गोरखा । गोरखा सदरमुकाममा रेडियो नेपालको रिले प्रसारण केन्द्र स्थापना गरीएको छ ।
सार्वजनिक सेवा प्रसारण नेपालले गोरखा नगरपालिका–४ को उपल्लो कोटमा रिले प्रसारण केन्द्रको स्थापना गरेको हो ।
आइतबार स्थापना भएको केन्द्रबाट सोमबारदेखी नियमित रुपमा प्रशारण सुरु भएको रेडियो नेपालका बरिष्ठ प्राविधिक गिरीराज निरौलाले बताए ।
उनका अनुसार सार्वजनिक सेवा प्रसारण नेपालको स्थापना पछी पहिलो पटक गोरखामा रिले प्रसारण केन्द्रको स्थापना गरेको हो ।
९८ मेघाहर्जमा सुन्न सकिने रेडियो नेपाल १ हजार वाट क्षमताको हो । रेडियोबाट गण्डकी प्रदेशको पोखराबाट प्रसारण हुने कार्यक्रम दैनिक दिउसो २ बजेदेखी साँझ ६ बजेसम्म सुन्न सकिने छ ।
बिकट तथा ग्रामिण क्षेत्रमा सूचना र मनोरञ्जनको पहुच नभएकाहरुको लागि स्थापना गरीएको केन्द्रबाट गोरखा सहित धादिङ, चितवन, तनहुँ, लमजुङ र कास्की लगायत वरपरका जिल्लाहरुमा सेवा पुग्ने प्राविधिक निरौलाले जानाकारी दिए ।




















