फाईल तस्बिर
काठमाडौं । गत २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतले हिजाे अबेर राती दिएकाे आदेशले बिवादीत मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश गरेको हो । न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उक्त आदेश जारी गरेकाे हाे ।
त्यस्तै, अन्य ३२ जनालाई भने धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो । प्रसाईलाइ थुनामा पठाउने आदेश भएता पनि उनी क्यान्सर पिडित भएकाले क्यान्सर अस्पतालमा नै राखेर उपचार गराउन आदेश भएकाे छ ।
सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । ४ जना भने नाबालक रहेकाले भक्तपुरकाे सुधार गृहमा पठाइएको थियो ।
राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसहित ८ जनालाई भने कर्तव्य ज्यानको समेत मुद्दा लगाइएको थियो ।
को को थुनामा ?
दुर्गा प्रसाद प्रसाईं
तारा राजावादी भन्ने सरोज गौतम
अनुप राजावादी भन्ने गोकर्ण शाही
डण्डपानी रेग्मी
शुसिल बराल
केशव बस्नेत
कुमार तामाङ
काे काे धरौटीमा ?





