गोरखा । गोरखा प्रहरीले चोरीका २ थान मोटरसाईकल सहित १ जना युवकलाई पक्राउ गर्न सफल भएको छ ।
चोरीका मोटरसाईकल सहित बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी घर भई हाल अजिरकोट गाउँपालिका–४ सिम्जुङको माउसुले बस्दै आएका बर्ष १८ का संजिव तामाङ्ग पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए ।
तामाङ्गले विभिन्न स्थानबाट मोटरसाईलक चोरी गरी लुकाई छिपाई राखेर बिक्री गर्ने गरेको गोप्य सूचना पाएको गोरखा प्रहरीले चोरीको २ थान मोटरसाईल सहित पक्राउ गर्न सफल भएको हो ।
तामाङ्गलाई जेठ २ गते शुक्रबार दिउसो ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय जौबारीको संयुत्त टोलीले पक्राउ गर्न सफल भएको हो ।
तामाङ्गको डेराबाट प्रहरीले इन्जिन नम्बर DH2WGG42195 र इन्जिन नम्बर MDZA1126GW27288 भएको १५० सिसीको पल्सर (नम्बर प्लेट नभएको ) र बा ६४ प ५६६६ नम्बरको इन्जिन नम्बर DKYCJC49838 र च्यासिस नम्बर MD2A13EY6JCG50017 भएको २२० सिसीको रातो कालो पल्सर बरामद गरेको सूचना अधिकारी सुवेदीले बताए ।
पक्राउ परेका तामाङ्गलाई जेठ ४ गते आइतबार चोरी शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
गोरखा प्रहरीको अनुरोध :
सस्तो मुल्यमा पायौँ भनि सवारी साधन (दुई पाङ्ग्रे-चार पाङ्ग्रे) खरिद नगरौँ ।
सवारी साधन खरिद गर्नुपूर्व सो सवारी साधनसँग सम्बन्धित कागजात (सवारी दर्ता किताब) भए, नभएको एकिन गरेर यातायात कार्यालयबाट नामसारी गरेर मात्र खरिद गरौँ ।
यदि कागजपत्र नभएका सवारी साधनहरु छन भने सम्बन्धित यातायात कार्यालय वा प्रहरी कार्यालयमा बुझाउनुहोला अन्यथा अनुसन्धानको क्रममा खुल्न आएमा कानून बमोजिम कारबाही हुने ब्यहोरा समेत सर्वसाधारणमा सूचित गरिन्छ ।


