×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

मनका कुरा मनमै रहे

  •  गोरखा समाचार
  • आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा श्री ज्योति फाउण्डेशनले गरेको ‘कर्णाली छोरी सम्मेलन’ को दोस्रो दिन आइतबार भेला एका थिए कर्णालीका छोरीहरू । उनीहरू पहिलोपटक धक फुकाएर मनका कुरा खोले । कार्यक्रमको नामै थियो-कर्णालीका छोरीसँग मनका कुरा ।

    हुम्लाको ताजाकोट गाउँपालिकाकी सपनाशाहीले अहिलसम्म आफ्ना मनका कुरा कसैलाई नसुनाउने गरेको बताइन । …मेरो मनका कुरा अरुलाई सुनाउ जस्तो पनि लाग्दैन । म आफ्ना मनका कुरा म आफैलाई सुनाउछु । मभित्र एउटा जनावर छ । हामी प्रत्येक भित्र एउटा जनावर छ । यसले हामीलाई गाइड गरेको हुन्छ,’ उनले भनिन् ‘जबसम्म हामीले यसलाई गाइड गर्दैनौ यसले हामीलाई सही मार्ग दिन सक्न । त्यसैले म सकारात्मक भावका साथ मेरा मनका कुरा म आफैलाई सुनाउ छु ।’

    शाहीले महिनावारीका समयमा निकै कष्ट व्यहोर्नु परेको सुनाइन । शिक्षित समाजमा अझै पनि महिनावारी भएको समयमा गोठमा बस्नुपर्ने प्रथाजनित गलत संस्कारको सिकार बन्नु परेको उनले सुनाइन । परिवार र समाजले स्वीकार्न नसक्दा महिनावारीको समयमा पशुसरहको विभेद खेप्नु परेको गुनासो शाहीले व्यक्त गरिन ।

    उत्तरी नाम्खा गाउँपालिकाकी लामु तामाङले भने आफ्नो मनभित्रको कुरा आमालाई सुनाउने गरेको सुनाईन । ‘सर्वप्रथम आफ्नो मनको कुरा ममीसँग सेयर गर्छु । तर सबै कुरा सेयर गर्न सकिदैन । डिटेलमा सेयर त आफैसँग गर्छु । अहिलेसम्म अन्य साथीहरुसँग मनका सबै कुरा सेयर गर्दिनन् । मेरा मनका कुरा सबैले सुनिदिउन जस्तो पनि लाग्दैन,’ उनले भनिन् ।

    हुम्लाकै खार्पुनाथ गाउँपालिकाकी रश्मी परियार पनि छोरी सम्मेलनमा आफ्ना कुरा सुनाउन आएकी थिइन । उनले आफुलाई समाजबाट जातकै कारण भोग्नु परेको विभेदले पिरोल्ने गरेको सुनाइन ।

    ‘हाम्रो गाउँमा जातिय छुवाछुत निकै छ । मान्छे मरेपछि तिमिहरु तल्लो जातले छुनु हुँदैन भन्छन् । हामी जस्ता गरिवलाई हेपिन्छ,’ उनले भनिन् । आफूहरुलाई जातकै आधारमा विभेद गरिदा अपहेलित हुनुपरेको दुखेशो परियारको छ । जातिय विभेद आफुलाई मन नपर्ने उल्लेख गर्दै उनले नाम पछाडिको थरले जतातै विभेद भोग्नु परेको गुनासो गरिन । उनले पनि महिनावारीको विभेदबाट थिचिएको अनुभुति सुनाइन ।

    सर्केगाड गाउँपालिकाकी आस्था शाहीको मनमा महिनावारी गहिरो गरी बसेको छ । महिनावारी नियमित प्रक्रिया हो भन्ने त उनलाई थाहा छ, तर परिवार र समाजको स्वीकार्यका अघि उनको डेग चलेको छैन । शाहीलाई आफ्ना बाबुआमाबाट टाढा भएर शिक्षा लिनु बाध्यता पटक्कै मन परेको छैन । परिवारसँगै बसेर शिक्षा लिन नपाउने अवस्थाले निकै पिरोल्ने गरेको अुनभुति शाहीको छ । आफ्ना परिवारसँगै बसेर उच्च शिक्षा लिन पाए हुन्थ्यो भन्ने उनको मनमा लाग्छ ।

    ‘विकास हरेक सुचाङकमा पछाडि परेको हुम्ला । पढाइ राम्रो हुँदैन । तीन चार महिना मात्रै पढ्न पाइन्छ । एसईई पास भएपछि तल आउदा पढ्न निकै समस्या हुन्छ । माथिको पढाइ र यहाँको पढाइमा निकै फरक हुन्छ,’ उनले भनिन् । एसईई सकेपछि सयमा ९० प्रतिशत विद्यार्थीे घर छाडेर सहर जान बाध्य हुनुपरेको उनले बताइन । ‘आफ्ना बाबुआमालाई छोड्दा बुवाआमालाई एकातिर दुख, छोराछोरीलाई उता दुख । मेरो छोरा/छोरी पढ्छन्, प्रगति गर्छ भन्ने आशमा बुवाआमाले आँखामा आशु निकालेर सहर पठाउछन् । तर बिडम्बना हामी गाउँका सरकारी विद्यालयमा पढ्छौ, त्यहाँको पढाइ र यहाँको पढाइमा आकाश पाताल फरक हुन्छ । सरकारी विद्यालयमा हामीलाई अंग्रेजीको आधारभूत सीपसमेत हुँदैन । यता आयो हामीलाई बुझ्नै गारो हुन्छ । यसले हामीलाई निकै समस्या हुने गरेको छ । कहाँ पढ्ने कसरी पढ्ने भन्नेमा अन्यौलता हुन्छ,’ उनले शाहीले आफ्ना मनका कुरा व्यक्त गर्दै भनिन् ।

    यस्तै, सिमिकोट गाउँपालिकाकी सञ्चिता भण्डारीले बालविवाहले कयौ छोरीको भविष्य अन्धकारमा धकेलिने अवस्था रेहेको सुनाइन । उनीहरु मात्रै होइन ‘छोरीका मनका कुरा’ सत्रमा सहभागी हुम्लाका आठै जना किशोरीका मनका कुरा एकै खालका थिए । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासको अभावले उनीहरु राज्यका आधारभूत सेवाबाट बञ्चित थिए नै, प्रथाजनित हानिकारक सामाजिक संस्कारको सिकारसमेत बनेको तितो यथार्थबा गुज्रिरहेका छन् । २१ औं शिक्षित समाजमा अझै पनि कर्णालीका छोरीहरु जातिय विभेद र छाउपढी प्रथाविरुद्ध संघर्ष गर्नुपर्ने बाध्यतामा छन् ।

    उक्त सत्रमा हुम्लाको अदानचुली गाउँपालिकाका सविना विष्ट, सर्केगाड गाउँपालिकाका आस्था शाही, सर्केगाड गाउँपालिकाकै नविना शाही, चंखेली गाउँपालिका भावना शाही, ताजाकोट गाउँपालिकाका सपना शाही, खार्पुनाथ गाउँपािलकाका रश्मी परियार र नाम्खा गाउँपालिकाका लामुु तामाङ आफ्ना मनका कुरा सुनाउन प्रदेशको मुकाम वीरेन्द्रनगर झरेका थिए । श्री ज्योति फाउण्डेशन र कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजनामा शनिबारदेखि छोरी सम्मेलन जारी छ । कर्णालीमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा कर्णालीका ७९ वटै पालिकाकाबाट झण्डै दुई बढी छोरीहरु सहभागि छन् ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.