भक्तपुर । आज भक्तपुरको सल्लाघारीमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुदै छ ।
भक्तपुर साङ्गीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा सल्लाघारीमा रहेको इम्पेरियल बैंक्वटेमा साङ्गीतिक साँझ श्रेष्ठकाे साङ्गीतिक साँझ हुन लागेकाे हाे ।
कार्यक्रममा १ हजार २०० जनासम्मको उपस्थिति रहने आयोजकले जनाएको छ ।
सहभागिताका लागि प्रतिव्यक्ति १ हजार, १ हजार ५०० र २ हजार ५०० रुपैयासम्मको प्रवेश टिकट रहने आयोजकको जनाएकाे छ । कार्यक्रमस्थलमा विभिन्न उत्पादन एवम् विभिन्न परिकारका खानाका स्टलसमेत राखिने भएकाे छ ।



