गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका-१ हुल्चुकमा बसाेबास गर्ने महिलाहरुका लागि ५ दिने उद्घोषण तालिम सुरु भएको छ ।
महिलाहरुलाई निर्धक्कका साथ बोल्ने र आफ्नो बिषय समुहमा कुरा राख्न सक्ने बनाउने उद्देस्यसहित तालिमको आयोजना गरिएको गाउँपालिका सामाजिक विकास शाखाका प्रमुख निरु विश्वकर्माले जानकारी दिए ।
तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले महिलामा वाककलाको विकासका लागि तालिमको आयोजना गरिएको बताइन । ‘‘समाज, समुदाय र समुहमा बोल्न नसक्दा, आफ्ना कुरा राख्न नसक्दा महिलाहरु पछाडी परिरहेका छन्, उनले भनिन, ‘‘महिलाहरु सवल र सक्षम बनाउन र आफ्ना कुरा समुहमा राख्नसक्ने बनाउनु तालिम प्रभावकारी हुने विश्वास छ ।’’
वडाध्यक्ष राम सिंङ गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्यहरु देमो घले, रसमाया वि.क, गाउँपालिका न्यायिक समितिका सहजकर्ता डेविट सुरइत, श्री इच्छा आधारभूत विद्यालयका हुल्चुकका प्रधानध्यापक सन्देश गुरुङ, मेलमिलापकर्ता मायादेवी गुरुङ, प्रविन घलेलगायको सहभागिता रहेको थियो ।
गाउँपालिकाले पालिका भित्रका सवै वडामा तालिम सञ्चालन गर्ने गरी पालिकाको चालु आर्थिक बर्षमा बजेट बिनियोजन गरेको थियो । यस अघि वडा नम्बर २ केरौजा र वडा नम्बर ६ काशीगाउँमा तालिम सम्पन्न भइसकेको छ ।


