काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा २०० रुपैयाँ बढेको छ । अघिल्लो दिन ७ हजार ५०० रुपैयाँ घटेको सुन आज सामान्य बढेको हो ।
सुनको भाउ बढेसंगै तोलाकाे १ लाख ९० हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
त्यसैगरी, चाँदीको भाउ पनी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला २ हजार १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।



