काठमाडौं । नेपाली बजारमा हिजाे सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको भएता पनि आज भने घटेकाे छ । आज बुधबार छापावाल सुन तोलामै ७ हजार ५०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जनाएकाे हो ।
सुनकाे भाउ घटेसंगै तोलाको १ लाख ९० हजार ४०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
आजै चाँदीको भाउ पनी तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।




















