साँकेतिक तस्बिर
काठमाडौं । राजधानीको शंखरापुरमा पत्नीको हत्या र छाेराछाेरीलाई घाईते बनाएर भागेका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएका ५८ वर्षीय पदमबहादुर तामाङ भएकाे प्रहरीले जनाएकाे छ ।
उनलाई नुवाकोटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक अपिलराज बोहराले बताए ।
वैशाख ७ मा शंखरापुर–९ स्थित सानागाउँमा उनले पुतली तामाङको हत्या गरेका थिए । सिन्धुली माइती भएर आफ्ना २ बच्चासँगै शंखरापुरमा बस्दै आएकी पुतलीसँग पदम पछिल्लो ३ महिनायता सँगै बस्दै आएका थिए ।
आरोपीले खुकुरीले घाँटी काटेर पुतलीको हत्या गरेका थिए आक्रमणमा परी भने १० वर्षीया छोरी संजिता तामाङ र ११ वर्षको छाेरा रिदम तामाङको हात र खुट्टामा गहिरो चोट लागेको छ ।




















