काठमाडाैं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ ।
साताकाे दाेस्राे दिन आज सुनको भाउ १ हजार २०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलाको १ लाख ८९ हजार ८०० रुपैयाँ कारोबार भएको थियो । यसअघि वैशाख ४ गते सुनको भाउ तोलाको १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको थियो ।
त्यस्तै चाँदीकाे भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै ताेलाकाे १ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















