काठमाडाैं । नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ । आज सुनको भाउ एकैदिन तोलामा ३ हजार ६०० रुपैयाँले बढेर र्कीतिमान बनाएको हो ।
आज सुनको भाउ तोलाकाे १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजाे सुनकाे भाउ ताेलाकाे १ लाख ८७ हजार रुपैयाँ रहेकाे थियाे ।
यस्तै आज चाँदीको भाउ ५ रुपैयाँले बढेर ताेलाकाे १ हजार ९६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















