काठमाडाैं । साताकाे चाैथाें दिन आज बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
नेपाली बजारमा सुनको भाउ आज सुनकाे भाउ ताेलामा २ हजार ७०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ८७ हजारमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । नेपाली बजारमा याे अहिलेसम्मकै उच्च भाउ हाे ।
हिाजे मंगलबार १ हजार ७०० रुपैयाँले घटेर तोलाकाे १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको थियाे ।
गएकाे चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएकाे थियो ।
यस्तै आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर ताेलाकाे १ हजार ९५५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















