काठमाडाैं । साताकाे तेस्राे दिन आज सुनको भाउ घटेको छ ।
नेपाली बजारमा सुनको भाउ मंगलबार १ हजार ७०० रुपैयाँले घटेर तोलाकाे १ लाख ८४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएकाे चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएकाे थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ताेलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















