काठमाडौं । साताकाे पाँचाैं दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ ।
आज एकै दिन ५ हजार ७०० रुपैयाँले सुनकाे मूल्य बृद्धि भएसंगै सुन ताेलाकाे १ लाख ८१ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
सुनको यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।
यसअघि गत शुक्रबार १ लाख ८० हजार ३०० रुपैयाँको उच्चतम रेकर्ड बनेको थियो ।
त्यस्तैगरी, आजै चाँदी ताेलामा ६५ रुपैयाँ बढेको छ । चाँदीकाे मूल्य बढेसंगै ताेलाकाे १ हजार ९०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
अन्तर्राष्ट्रिय बजारमा आज एकैदिन सुनको भाउ ४ प्रतिशतभन्दा धेरै बढेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार १०० डलर नाघेको छ ।




















