काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । साताकाे चाैथाे दिन बुधबार सुनको भाउ ताेलामा २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा १ लाख ७३ हजार ४०० रुपैयाँ रहेकाे थियो । गएको बिहीवार सुनको भाउ अहिलेसम्मकै उच्च ताेलाकाे १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसयता लगातार ३ दिन घटिरहेको सुनको भाउ आज बढेको हो ।
यस्तै आज चाँदीको भाउ ताेलामा ५ रुपैयाँले बढेर १ हजार ८३५ रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ ।



