गाेरखा बजारमा रहेकाे ऐतिहासिक तथा पुरातात्वीक रानी पोखरी…
तत्कालीन राजा रामशाहले ७ वटा समुद्र र १०८ तीर्थ स्थलबाट जल ल्याई राखेर बनाएकाे रानी पाेखरी ।
याे पोखरी पुष्करतीर्थ क्षेत्र भित्र पर्दछ । राजा रामशाहले यो पोखरी आफ्नो रानीको लागि बनाएको हुँदा यस पवित्र पोखरीलाई ‘रानी पोखरी’को नामले समेत चिनिन्छ । पुष्करतीर्थमा गणेश, विष्णु, शिव, लक्ष्मी, सूर्य, बासुकी आदि देवीदेवता रहेका छन् ।
पछि पृथ्विपति शाहले लखनाउबाट कालिगढ ल्याई यस रानीपोखरी परिसरमा विष्णु पाञ्चायन मन्दिर निर्माण गरी आफ्नो शालिक समेत निर्माण गरेको पाइन्छ ।
तस्बिर : कैलासबावु श्रैष्ठ/गाेरखा




















