काठमाडाैं । नेपाली बजारमा लगातार ३ दिन सुनकाे भाउ घटेकाे छ । आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हाे ।
सुनको भाउ ताेलामा ७०० रुपैयाँले घटेसंगै १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको बिहिवार सुनको भाउ अहिलेसम्मकै उच्च १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ लगातार घटिरहेको छ ।
त्यस्तैगरी, आज भने चाँदीको भाउ बढेको छ । चाँदी तोलामा ३० रुपैयाँले बढेर १ हजार ८३० रुपैयाँमा कायम भएको महासङ्ले जनाएको छ ।



