काठमाडौं । नेपाली बजारमा साताकाे पहिलाे दिन आज आइतबार सुन र चाँदीको भाउ घटेको छ ।
अघिल्लाे हप्ताकाे शुक्रबार ३ हजार ९०० रुपैयाँले घटेर प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज ताेलामा १ हजार ९०० रुपैयाँले घटेर १ लाख ७४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
त्यस्तैगरी, चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेको छ । गएकाे शुक्रबार प्रतितोला १ हजार ८७० मा कारोबार भएको चाँदी आज १ हजार ८०० रुपैयाँमा काराेबार भएकाे छ ।



