काठमाडौं । नेपाली बजारमा अघिल्लो दिनकाे तुलनामा सुन मूल्यमा गिरावट आएकाे छ ।
आज शुक्रबार नेपाली बजार खुल्नासाथ सुन तोलामा ३ हजार ९०० रुपैयाँ घटेर प्रतितोला १ लाख ७६ हजार ४०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बिहीबार नेपाली बजारमा ताेलाकाे १ लाख ८० हजार ३०० रुपैयाँ काराेबार भएकाे थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार ताेलामा १२५ रुपैयाँले घटेर तोलामा १ हजार ८७० रुपैयाँ कायम भएको हो ।



