काठमाडाैं । नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । आज तोलामा १ हजार २०० रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे हाे ।
सुनकाे भाउ बढेसंगै तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि अस्ति मङ्गलवार सुनको भाउ १ लाख ७९ हजार ७०० रुपैयाँ पुगेकोमा हिजो ६०० रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ भने घटेको छ । चाँदीको तोलामा २५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।




















