काठमाडौं । नेपाली बजारमा सुनकाे मूल्य घटेको छ ।
हिजाेकाे उच्च मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ पुगेको सुन आज ६०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनकाे मूल्य घटेसंगै प्रतितोला १ लाख ७९ हजार १०० रुपैयाँ काराेबार भएकाे महासंघले जनाएकाे छ ।
त्यसैगरी, चाँदीको भाउ आज ताेलामा १५ रुपैयाँले घटेर ताेलाकाे २ हजार २० रुपैयाँमा काराेबार भएकाे छ ।



