काठमाडाैं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेकाे छ । सुनकाे भाउ बढे संगै कीर्तिमान कायम भएको छ ।
सुनको भाउ आज ताेलामा १ हजार ८०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ७९ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउले कीर्तिमान बनाएर तोलाको १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
तर आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदी हिजोजस्तै तोलाको २ हजार ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



