काठमाडौं । नेपाली बजारमा सुनको भाउ केही दिनदेखी उकालाे लागी रहेकाे छ । आज सहित ३ दिन लगातार नयाँ रेकर्ड बनाइरहेको छ ।
नेपाली बजारमा सोमबार सुनकाे भाउ प्रतितोला १ हजार १०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ७७ हजार ९ रुपैयाँ पुगेको नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे आइतबार प्रतितोला १ लाख ७६ हजार ८०० रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको भाउ ताेलामा १० रुपैयाँले बढेर प्रतितोला २ हजार ३५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।



