काठमाडाैं । नेपाली बजारमा साताकाे छैठाैं दिन आज शुक्रबार सुनको भाउले पुन: कीर्तिमान बनाएको छ ।
सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ७६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउ एकैदिन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो । यसअघि यही चैत ६ गते सुनको भाउ तोलाको १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो ।
त्यस्तै आजै चाँदीको भाउ पनि ताेलामा २० रुपैयाँले बढेर ताेलाकाे २ हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



