गोरखा । लायन्स क्लब अफ गोरखाकालीकाले स्थापना दिवसको अवसर पारेर मानव सेवा आश्रम गोरखालाई सहयोग हस्तान्तरण गरेको छ ।
क्लबले ९औं स्थापना दिवसको अवसर पारेर क्लबले बिहीबार आर्थिक एवं अन्य भौतिक सहयोग गरेको क्लबका सचिब लक्ष्मी श्रेष्ठले जानकारी दिईन ।
उनका अनुसार बिहीबार एक कार्यक्रम बिच मानव सेवा आश्रमको गोरखा शाखा पुगेका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुले नगद ३० हजार र केही भौतिक सामाग्री हस्तान्तरण गरेको हो ।
हस्तान्तरण गरीएको नगद सहयोग रकम नव निर्मित भवन निर्माणका लागि भएको पनि उनले बताए ।
क्लबले गोरखा जिल्ला भित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ ।


