काठमाडाैं । साताकाे पाँचाैं दिन आज बिहीबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ ।
सुनको भाउ आज एकै दिनमा १ हजार ३०० रुपैयाँले बढेर ताेलाकाे १ लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तैगरी, आजै चाँदीको भाउ पनि ताेलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



