काठमाडाैं । साताकाे चाैथाे दिन आज बुधबार सुनको भाउ बढेको छ ।
सुनकाे भाउ तोलामा २०० रुपैयाँले बढेर १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी, पछिल्लो ३ दिन स्थिर रहेको चाँदीको भाउ आज बढेको छ ।
आज चाँदी ताेलामा १० रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।




















