काठमाडौं । नेपाली बजारमा विगत ४ दिनदेखि सुनको भाउ लगातार ओरालाे लागेकाे छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबारदेखि लगातार मूल्य घटेको हो ।
आज मंगलबार सुन ताेलामा २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७३ हजार ३०० रुपैयाँमा काराेबार भएकाे छ ।
चाँदीको मूल्य भने स्थिर रहेकाे छ । चाँदी प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ ।



