गोरखा । गोरखा सदरमुकाममा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा आरुघाट गाउँपालिका–६ कल्लेरीका हरी बिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार आज बिहान फाईबरको तार तान्ने क्रममा पोलमा चढ्दा विकलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गंभिर घाईते भएका उनलाई गोरखा अस्पतालका चिकित्सकहरुले मृत घोषित गरेका हुन् ।
गोरखा नगरपालिका–७ को मान्द्रे ढुङ्गा क्षेत्रमा आइतबार बिहान ७ः३० बजे उक्त घटना भएको हो । डिसहोमको पोखरा कार्यालयबाट खटिएको उनीहरुले केही दिनदेखी नै फाइबर नेटको तार तान्ने काम गरी रहेका थिए ।
घटनाको अनुसन्धान गर्न प्रहरी निरिक्षक ध्रुव गौतमको नेतृत्वमा प्रहरी घटना स्थलमा पुगेको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।
मृत्तक विकको शव गोरखा अस्पतालमा नै राखिएको छ । उनको कानूनी प्रकृया पुरा गरी शव आफन्तलाई बुझाउने सूचना अधिकारी सुवेदीले बताए ।


