गाेरखा । पूर्वराजा शाह ज्ञानेन्द्र शाह आज गाेरखाकाे गाेरखाकाली, गाेरखनाथ र मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा आउदै छन् ।
सम्बाद सचिव डा.फणीराज पाठकले गत बुधबार सूचना जारी गर्दै पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न गाेरखा आउन लागेकाे जनाएको हो ।
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह पुन: गोरखा आउन लागेका हुन् ।
सडक मार्ग भएर गाेरखा आउन लागेका उनकाे स्वागतकालागी विभिन्न राजाबादी संघ संगठनहरु सक्रिय भएका छन् । पूर्वराजा ज्ञानेन्द्रकाे स्वागतकालागी आँबुखैरेनीदेखी गाेरखा बजारसम्म करिब १ हजार माेटरसाईकलकाे र्याली हुने भएकाे छ ।
गाेरखाकाे गाेरखाकाली मन्दिर शाह बंशकाे कुलदेवता मानिदै आएकाे छ । उनले आज गाेरखाकाली, गाेरखनाथ र मनकामना बिशेष पुजा अर्चना गर्ने कार्यक्रम तय भएकाे छ ।



