काठमाडाैं । नेपाली बजारमा आज सुन र चाँदीको भाउ घटेकाे छ ।
सुन ताेलामा १ हजार रुपैयाँले घटेर ताेलाकाे १ लाख ७५ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ हिजाे तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियाे ।
त्यस्तैगरी, आज चाँदीको भाउ पनि ताेलामा ३५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदी हिजाे ताेलाकाे २ हजार ३० रुपैयाँमा काराेबार भएकाे थियाे ।




















