काठमाडाैं । नेपाली बजारमा आज सुनको भाउ यथावत रहेकाे छ । सुन हिजाे ताेलामा ८०० रुपैयाँले बढेर नेपालली बजारमा अर्काे कीर्तिमानी मूल्य बनाएको थियाे ।
सुनको भाउ बढेसंगै तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तैगरी, आज चाँदीको भाउ भने ताेलामा १५ रुपैयाँले घटेर २ हजार ३० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।



