गाेरखा । गाेरखा सदरमुकामबाट गएराती १ जना पत्रकारकाे स्कुटर चाेरी भएकाे छ । चाेरी भएकाे स्कुटर गाेरखा नगरपालिका-८ काे नव निर्मित मानव सेवा आश्रम नजिकै रहेकाे खाेल्सीमा वेवारिसे अवस्थामा फेला परेकाे छ ।
गएराती गाेरखा नगरपालिका-६ काे ठुलाे आँगनमा रहेकाे आफ्नै निवासमा पार्कीङ गरी राखिएकाे ग. ११ प ४००२ नम्बरकाे स्कुटर चाेरी भएकाे हाे । उक्त स्कुटर नेपाल टेलिभिजनका पत्रकार आत्माराम श्रेष्ठकाे भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
प्रहरीका अनुसार अहिले बजार क्षेत्रका केही सिसि क्यामेराहरुकाे रेकर्ड हेर्ने काम भइरहेकाे छ । प्रहरीले संम्भावित चाेरहरुकाे पनि खाेजी गरीरहेकाे जनाएकाे छ ।


