गोरखा । जंङलमा घाँस काट्न गएकी १ जना बृद्वारको मुढाले लागेर ज्यान गएको छ ।
ज्यान गुमाउने महिला बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीकी ६९ बर्षिया बिमायाँ बराम भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
हिजो मंगलबार दिउसो १ बजेको समयमा घरबाट बोरीखर्क जंङलमा घाँस काट्न गएकी बराम माथीबाट खसेको रुखको मुढाले लागेर गंभिर घाईते भएको र उपचारको लागि गोरखा अस्पताल तर्फ ल्याउदै गर्दा दिउसो ३ बजे बाटोमा नै ज्यान गएको सूचना अधिकारी सुवेदी बताए ।
घटना लगत्तै ईलका प्रहरी कार्यालय जौबारीबाट खटिएको अनुसन्धान टोलीले घटना स्थलमा पुगेर अनुसन्धान गरी रहेको गोरखा प्रहरीले जनाएको छ ।


