गोरखा । हिजो सम्पन्न स्वबियु निर्वाचनमा सदरमुकामको गोरखा क्याम्पसमा अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी)का उम्मेदवार सुलभ अंगाईको प्यानल बिजयी भएका छन् ।
उनीहरुले नेपाल बिद्यार्थी संघको प्यानलको समूहलाई पराजित गरेको हो ।
गोरखा क्याम्पसमा नेबिसंघ र अनेरास्वबियु बिच एलान्स भएको थियो भने क्रान्तिकारीले समाजबादी मोर्चा बनाएर ४ बिद्यार्थी संगठनलाई लिएर चुनावमा उत्रिएको थियो ।
निर्वाचित सभापति अंगाईले २०९ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्दी रचन परियारले १६१ मत पाएका थिए ।
चुनावमा सचिव पदका रुपेश विश्वकर्माले १९९ मत पाउदा उनका प्रतिद्वन्दी राजाराम बोहराले भने १७१ मत पाएका थिए ।
उता कोषाध्यक्षमा आयुषा अर्यालले २०६ मत पाउदा उनका प्रतिद्वन्दी सबिना गुरुङले भने १६४ मत पाएका थिए ।
सदस्यहरुमा अभिषेक राना, सलिना बयलकोटी, रोजिना गुरुङ, सलिना परियार र सबिना थापा बिजयी भएका छन ।
सम्पन्न निर्वाचनमा समानुपातिक तर्फ नेबिसंघले १०५, अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियन (क्रान्तिकारी) ले १९६ र अखिल नेपाल स्वतन्त्र बिद्यार्थी युनियनले ६७ मत पाएको क्याम्पस प्रशासनले जानकारी दिएको छ ।


